काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौंको थापाथलीमा तिहार विशेष रैथाने मेला २०८३ शनिबारदेखि सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गरेको तीनदिने मेलाको शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरेका हुन् ।
चाडपर्वका अवसरमा देशका मौलिक तथा स्थानीय उत्पादन र रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने माध्यमका रूपमा मेलालाई आयोजना गरिएको हो ।
मेलामा देशका विभिन्न स्थानका कृषकले उत्पादन गरेका कृषि उपज तथा स्वदेशी उद्यमीले तयार गरेका वस्तुहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।
स्थानीय उत्पादनको बजारीकरण, स्वदेशी वस्तुको उपभोग वृद्धि तथा रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा मेलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलामा उपभोक्ताले स्थानीय तथा परम्परागत उत्पादन एकै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् ।


अनलाइन डबली

