अजितकुमार झा
इनरुवा । सुनसरीका कुम्भकार समुदायका मानिस कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन् ।
सबै जनाको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्याउने । सुनसरी सदरमुकाम इनरुवा सहित, कोसी, भोक्राहा, हरिनगर, देवागनगन्ज, गढी लगायतका स्थानीयतहमा बसोबास गर्ने बसोबास कुम्भकार समुदायका अहिले माटोको भाडा बनाउने कार्यमा ब्यस्त भएका छन् ।
नेपालीहरुको महानपर्व तिहार तथा छठ नजिकिएसँगै कुम्भकार अर्थात प्रजापति समुदाय माटोका भाँडाकुँडा तथा पूजापाठमा प्रयोग हुने सामग्री बनाउन व्यस्त भएको इनरुवा–२ का रमेश पण्डितले बताउनुभयो ।
पुर्खौंदेखि परम्परागत पेसाका रूपमा माटोका भाँडाकुँडा बनाउँदै आएका यस समुदायका सदस्य यतिबेला विशेषगरी तिहारका लागि दियो, कलश, हात्ती, ढकना, खुत्रुके तथा छठ पर्वमा आवश्यक पर्ने विभिन्न पूजा सामग्री बनाउन जुटेको इनरुवा–२ का बलराम पण्डितले जानकारी दिए ।
चाडपर्वका बेला माटोबाट बनेका सामग्रीको माग उच्च हुने भएकाले कुम्भकार समुदायलाई अहिले उत्पादन र बिक्री वितरणको चटारो रहेको बलरामको भनाई छ ।
आधुनिकताको बिकाससंगै बजारमा प्लास्टिक तथा अन्य धातुबाट बनेका विकल्प बढेपनि धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएका माटाका भाँडाकुँडाको महत्व अझै पनि कायमै रहेको स्थानीय कुम्भकार समुदायका मानिसले बताएका छन् । आधुनिकताको बिकासका कारणले पुख्र्यौली पेसाले समुदायको जीविको पार्जनमा ठूलो समस्या उत्पन्न भएको स्थानीयवासी बलराम पण्डितको भनाई छ।
यद्यपि, यस पेसामा आबद्ध मानिसका लागि कच्चा पदार्थको सहज उपलब्धता नहुनु, उत्पादन लागत बढ्नु, बजार व्यवस्थापन र उत्पादित वस्तुले उचित मूल्य नपाउनु प्रमुख चुनौतीका रूपमा रहेका छन्।
परम्परागत सीप र संस्कृतिको जगेर्नाका लागि सहज रुपमा माटाको व्यवस्था, दाउराँको समयमै उपलब्धता बजार प्रवद्र्धन र उचित मूल्यको व्यवस्था गरिदिनुपर्ने स्थानीय बलराम पण्डितको भनाइ छ ।
माटोका यी कलात्मक भाँडाकुँडा उत्पादनले चाडपर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई जिवित राख्नुका साथै स्थानीय सीप, श्रम र मौलिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
त्यसैले कुम्भकार समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको माटोको भाडा बनाउने कार्यलाई संरक्षण, सम्वद्र्धन र प्रर्वधन तर्फ सम्बन्धीत निकायको ध्यान केन्द्रित हुनु अहिलेको आवश्यक्ता रहेको छ ।


अनलाइन डबली


