काठमाडौँ । इजराइलको चुनावमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने निश्चित भएको छ । औपचारिकरुपमा घोषणा हुन बाँकी रहेको निर्वाचन परिणामअनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीको नेतृत्वको गठबन्धनले ५३ सिट जित्ने देखिएको छ ।
लिकुड पार्टीसँग पूर्वसैन्य प्रमुख गादी आइजनकोट पार्टीले प्रतिस्पर्धा गरिरहेको छ । उसले ४८ सिट प्राप्त गर्न सक्ने इजरायली संचारमाध्यमहरुले बताएका छन् ।
त्यस्तै, अरब समुदायको पार्टीले १९ सिट जित्ने देखिएको छ । यो उनिहरुको ठूलो सफलता हो ।
कुल १२० सिटको मध्ये सरकार गठनको लागि ६१ सिट आवश्यक हुन्छ । अरब दलहरुले साथ नदिएपछि नेतान्याहूको कुसी नजोगिने देखिएको छ । तर, नेतान्याहूको लिकुड पार्टीले अरब समुदायले चुनाव धाँधली गरेको, मतदानमा धाकधम्की दिएको आरोप लगाउँदै छानविनको लागि माग समेत गरेको छ ।
सन् २०२३ गाजामा र इरानमाथि अमेरिकासँग मिलेर गरेको हमलापछि पहिलोपटक भएको चुनावमा नेतान्याहूको लोकप्रियाता खस्किएको छ । सधैं सत्ताको चाबी हातमा लिन सफल नेतान्याहूलाई अहिलेसम्मकै ठूलो धक्का लागेको छ । विश्लेषकहरुका अनुसार इरानमाथि हमला र प्यालेस्टाइनमाथिको दमनका कारण नेतान्याहू अलोकप्रिय बन्दै गएका छन् ।
स्पष्ट बहुमत नआएका कारण नेतन्याहूले विपक्षी दलहरूसँग मिलेर राष्ट्रिय एकताको सरकार बनाउने विकल्प रोज्न सक्ने सम्भावना पनि रहेको बताइएको छ । आगामी नोभेम्बर १० मा संसद्को अधिवेशन शुरू हुनेछ । त्यतिबेलासम्म नयाँ सरकार गठनको गृहकार्य हुनेछ ।


अनलाइन डबली


