आज :

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

  • अनलाइन डबली

काठमाडौं । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे, स्याफ्रुबेँसी, धुञ्चे तथा उत्तरगया गाउँपालिका लगायतका स्थानहरूबाट उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो ।

उद्धार गरिएकाहरूमा ८८ जना नेपाली र ११ जना भारतीय नागरिक रहेका छन् । सीमा क्षेत्र टिमुरेमा रोकिएका भारतीय नागरिकहरू थिरुमा भालन, बलानी यापन, रत्न कुमार, रणनागा सवाई, रधु नार्दन, सिमारन्जन, नभुकविर दोष, मारन गोविन्दा स्पनु, सत्याई धखम, विजय बखु र पन्गा सावईको उद्धार गरिएको छ ।

त्यसैगरी नेपाली नागरिकहरूतर्फ रसुवा, सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय बासिन्दा तथा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका नागरिकहरूको उद्धार भएको छ । उद्धार टोलीले ४ वर्षीय बालक अनमोल शाही, ८ वर्षीय सुवास मल्ल तथा १२ वर्षीया दीक्षा मल्लसहित बालबालिका, महिला तथा ७३ वर्षसम्मका वृद्धवृद्धाहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । उद्धार गरिएका सम्पूर्ण नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा राखी आवश्यक समन्वय भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal