आज :

‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित ६ नेपालीकाे निधन भएको पुष्टि

  • अनलाइन डबली

काठमाडौं । हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका नेपाली पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि भएको छ ।

पुर्जासहित १० आरोही पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परी हराएका थिए । बेपत्ता १० मध्ये ६ नेपाली आरोही थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले निधन भएको जानकारी सञ्जालमार्फत गराएको छ । हिम पहिरोमा परेकामध्ये ४ जनाको शव भने शुक्रबार नै फेला परेको थियो ।

पुर्जाको नेतृत्वमा पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा आरोहणको क्रममाबिहीबार हिम पहिरो आएको थियो ।

पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal