आज :

इरानले हमला नरोकेपछि ट्रम्पले भने- इरान माथिको विश्वास घट्दै गएको छ

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो विश्वास क्रमशः घट्दै गएको बताएका छन् । इरानी अधिकारीहरूले वार्ताका क्रममा प्रतिबद्धता जनाए पनि बारम्बार त्यसको उल्लंघन गर्ने गरेको उनको आरोप छ ।

क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आफ्ना वचनहरू पालना नगरेकाले उसमाथि विश्वास गर्न कठिन भएको बताए । ‘उनीहरू झूट बोल्छन् र तथ्यलाई तोडमोड गर्छन् । उनीहरू सधैं वार्ता गर्न चाहन्छन, तर आफ्नो वचन धेरै पटक तोड्ने गर्छन,‘ ट्रम्पले भने ।

कडा आलोचना गरे पनि उनले अमेरिका र इरानबीच उच्चस्तरीय संवाद जारी रहेको स्पष्ट पारे । विशेष दूत स्टिभ विटकफ, वरिष्ठ सल्लाहकार जारेड कुशनर, उपराष्ट्रपति जेडी भान्स तथा विदेशमन्त्री मार्को रुवियो वार्ता टोलीका प्रमुख सदस्य रहेको उनले जानकारी दिए । ‘हाम्रा उत्कृष्ट व्यक्तिहरू वार्तामा संलग्न छन,‘ ट्रम्पले भने ।

क्षेत्रीय सुरक्षासम्बन्धी चुनौतीबारे चर्चा गर्दै उनले वार्ताकै क्रममा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण भएको उल्लेख गरे । अमेरिकी रक्षा अधिकारीबाट उक्त घटनाबारे जानकारी प्राप्त भएको उनको भनाइ थियो । इरान वा उसका समर्थक समूहबाट थप आक्रमण हुन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेनन् ।

‘त्यस्तो सम्भावना छैन भन्नु मूर्खता हुनेछ । सधैं सतर्क रहनुपर्छ,‘ उनले भने । यद्यपि, इरानको दीर्घकालीन क्षमता कमजोर हुँदै जाने दाबी गर्दै ट्रम्पले अहिले केही बलियो देखिए पनि समयसँगै उसको प्रभाव क्षीण हुने टिप्पणी गरे । ट्रम्पको यो अभिव्यक्ति इरानको आणविक कार्यक्रम तथा मध्यपूर्वको सुरक्षा अवस्थासम्बन्धी विषयमा वासिङ्टन र तेहरानबीच कूटनीतिक संवाद जारी रहेका बेला आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal