आज :

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् ।

पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो । तीमध्ये ८० जना महिला छन् ।

कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ । त्यसमाथि छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन्छ । त्यसपछि मात्रै केन्द्रीय सदस्य चयनका लागि चुनाव हुने कार्यतालिका छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य (खुला तर्फ) का उम्मेदवार गणेश कार्कीले पार्टीको आन्तरिक निर्वाचनलाई प्राविधिक प्रक्रिया मात्र भएको भन्दै परिणामलाई सहज रूपमा लिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले खुला तर्फको केन्द्रीय सदस्य पदका लागि आफू सहित ३८४ जना प्रतिस्पर्धामा रहेको उल्लेख गरेका छन् । उनले तीमध्ये ९९ जना निर्वाचित हुने र २८५ जना बाहिरिने अवस्था रहने बताए ।

कार्कीले निर्वाचनको नतिजाले व्यक्तिगत रूपमा फरक पार्न सक्ने भए पनि पार्टीको हितका दृष्टिले ठूलो प्रभाव नपर्ने धारणा व्यक्त गरेका छन् । ‘निर्वाचित भएपनि र नभएपनि देशको जिम्मेवारी बोक्ने सवालमा हामी सँगै हिँड्नुपर्छ, त्यो पनि काँधमा काँध मिलाएर,’ उनले लेखेका छन् ।

उनले निर्वाचनलाई केवल प्राविधिक विषयका रूपमा लिन आग्रह गर्दै परिणामका कारण कसैको मनमा नकारात्मक भावना उत्पन्न नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारलाई शुभकामना दिँदै कार्कीले पार्टीभित्र एकता, सहकार्य र सकारात्मक भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal