आज :

नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी

  • अनलाइन डबली

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भारतस्थित ग्लोबल इन्भेस्टमेन्ट एण्ड ट्रेड एडभाइजर्स (गीता) बीच व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

जुन २०२६ मा सम्पन्न उक्त समझदारीले नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, ज्ञान तथा अनुभवको आदान–प्रदानलाई सहज बनाउने तथा दुवै देशका लगानीकर्ता र उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

सम्झौताअनुसार निक्की र गीताले व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदान, लगानी प्रवद्र्धन कार्यक्रम, क्षेत्रगत अन्तरक्रिया, नीतिगत संवाद, रोडशो तथा विभिन्न सरोकारवालासँग परामर्शलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।

सहकार्यको मुख्य उद्देश्य व्यवसायी, लगानीकर्ता, उद्योग वाणिज्य संघ, औद्योगिक निकाय, सरकारी संस्था तथा विकास साझेदारबीच संरचित सहकार्यलाई प्रवद्र्धन गर्नुका साथै प्रमुख आर्थिक क्षेत्रहरूमा देखिएका नयाँ अवसरहरूको उपयोग बढाउनु रहेको जनाइएको छ ।

समझदारीपत्रमा निक्कीका निर्देशक मार्शल राठौर तथा गीताका प्रबन्ध साझेदार प्रिया रावत ले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन संस्थागत सहकार्य महत्वपूर्ण हुने बताएका छन्।

दुवै संस्थाले यस समझदारीमार्फत आगामी दिनमा द्विपक्षीय व्यापार तथा लगानी प्रवाह बढाउन, नयाँ व्यापारिक साझेदारी विकास गर्न तथा दुई छिमेकी राष्ट्रबीच आर्थिक सहकार्यका लागि थप गतिशील र प्रभावकारी वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal