आज :

सिरहामा एसईईका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल नष्ट गरेको घटनामा सरकारी निकायसँग जवाफ माग

  • अनलाइन डबली

सिरहा । सिरहामा एसईईका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल नष्ट गरेको घटनामा सरकारी निकायसँग जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त निर्णयमा संलग्न निकायसँग जवाफ माग गरेको हो । रिट निवेदनमाथि अन्तिम टुंगो नलागेसम्म परीक्षा हलमा भेटिएका मोबाइल र त्यसमा रहेका डेटा नष्ट नगर्न/नगराउन पनि अदालतको आदेश छ।

यस विषयमा मंगलबार सर्वोच्चमा रिट परेको थियो । जसमा मोबाइल नष्ट गर्ने कार्यमा संलग्न सरकारी अधिकारीलाई कानुनी कारबाही गर्न र पीडित विद्यार्थीलाई उचित क्षतिपूर्ति दिन माग गर्दै परमादेश, उत्प्रेषणलगायतका उपयुक्त आदेश दिन माग गरिएको थियो ।

रिटमा गृह मन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ । साथै रिटमा यो कार्य गैरकानुनी भएको, गोपनीयता र सम्पत्तिको हकसम्बन्धी व्यवस्थाको उल्लंघन भएको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal