आज :

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

  • अनलाइन डबली

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताएका छन् ।

बहुनियामक व्यवस्थाका कारण सहकारी क्षेत्रमा देखिएको अन्योलता र त्यसको समाधानका उपायबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारीलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको उल्लेख गरेका हुन् । उनले सरकारले सहकारी क्षेत्रमा हस्तक्षेप गर्ने नभई सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘यो सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो । यसलाई प्रवद्र्धन गर्नुको कुनै विकल्प छैन । सरकारले सहकारीलाई प्रवद्र्धन गर्न एउटा सहयोगीको भूमीका निर्वाह गर्ने हो, सरकारले हस्तक्षेप गर्ने होइन । त्यसकारण सहकारीको ठूलो योगदान छ । यसले पूँजी संकलन गर्न, लगानी बढाउन, रोजगारी सिर्जना गर्न सहकारीले विशेष भूमिका खेलेको छ । समावेशीकरण गर्नको लागि, सशक्तीकरण गर्नको लागि समग्र अर्थतन्त्रलाई एउटा गतिशिल बनाउनका लागि भूमिका खेलेको छ ।’

उनले सहकारीले पूँजी संकलन, लगानी विस्तार तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको बताए । साथै, समावेशीकरण र नागरिक सशक्तीकरणमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन पनि सहकारी क्षेत्रले उल्लेखनीय भूमिका खेलेको उनले बताए ।

सचिव भुजेलले सहकारी क्षेत्रको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत सुधार तथा समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै यसको थप प्रवद्र्धनमा सबै पक्षको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal