आज :

तीनदिने एटलास टीआई कार्यशाला सम्पन्न

  • अनलाइन डबली

कीर्तिपुर । गुणात्मक अनुसन्धानमा तथ्यांकलाई सरल र सहज रुपमा विश्लेषण गर्न सकिने एटलास टीआईको तीनदिने कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा मंगल बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलले जेठ १५ देखि तीनदिनसम्म कार्यशाला आयोजना गरेको हो ।

कार्यशालामा केन्द्रीय शिक्षा शास्त्र संकाय, शहीद स्मारक कलेज, नेपाल आर्मी अफ हेल्थ साइन्सेस, पद्मकन्या क्याम्पस, ट्रिनिटी इन्टरनेसनललगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो । तीनदिने कार्यशालामा डा. उमानाथ शर्मा, डा. टेकमणी कार्की, डा. यदुराम उप्रेति र डा. श्रीप्रसाद घिमिरेले प्रशिक्षित गर्नुभयो ।

समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका विश्वविद्यालय अनुदान आयोगका पूर्वसदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष प्राडा शिवशरण महर्जनले आधुनिक युगमा विकसित भएका अनुसन्धानसँग सम्बन्धित प्रविधिले शिक्षण सिकाइमा धेरै सहयोग गरेको बताउनुभयो । यस्तै, मगंल क्याम्पसका पूर्व संस्थापक उपाध्यक्ष प्राडा श्यामकृष्ण महर्जनले प्रविधिले अनुसन्धान गर्न र सिकाइमा सजिलो पार्ने भएकाले शैक्षिक उन्नयनमा थप टेवा पुगेको बताउनुभयो ।

क्याम्पसका प्रमुख प्रदिप महर्जनले कार्यशालामा लिइएका शिक्षालाई चाँडै कार्यान्वयन गर्न सबै प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal