आज :

ओलीको भनाइ ‘ भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र ’

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन् । दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्वनियोजित घटना आरोप लगाएका हुन् ।

उनले भने, भदै २३/२४ गतेको लाई कसैलाई कसैले आन्दोलन भन्छन् कसैले क्रन्ती भन्छन् गर्नेहरुले त क्रन्ती भन्ने भए युवाहरूको नवयुवाहरूको हत्या गर्नेलाई पनि मान्छेले क्रन्ती भन्ने भए आपराधिक क्रियाकलापको आयोजना आफूले गर्ने काँक्रा खाइसकेपछि बिया अर्काको गालमा टासीएर आरोप लगाउने काम उनीहरूले त गरे गरे । तर त्यो एउटा षड्यन्त्र पुर्न, पूर्वनियोजित घटना हो ।’

ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा समेत भदौ २३/२४ को घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे । उनले भने, ‘यो मोरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपमा जुन कुरा आएको छ त्यसमा भदै २३/२४ को घटना पूर्व नियोजित पैलेनै सयन्त्र भएको एउटा प्रायोजित घटना थियो भन्ने कुर हामीले आफ्नो प्रतिवेदनको सार संक्षप उल्लेख गरेको छु ।’

उनले त्यसबेला एमाले नेतृत्वको सरकार संवैधानिक, लोकतान्त्रिक र जनमतका आधारमा बलियो अवस्थामा रहेको बताए । जनताबाट निर्वाचित अत्यधिक बहुमतको सरकारलाई संवैधानिक, कानुनी र संसदीय प्रक्रियामार्फत हटाउने विभिन्न प्रयास भए पनि सफल हुन नसकेको दाबी गरे ।

‘त्यो यथार्थ र षड्यन्त्र हाम्रो बिरुद्धत थियो नै हामी संवैधानिक हिसाबले लोकतान्त्रिक हिसाबाले बलियो अवस्थामा थियो । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौ, उनले भने, ‘त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो । त्यो सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक पटक त्यसलाई ढाल्ने प्रयास गरियो । ध्वस्त पार्ने प्रयास गरियो । त्यो सम्भव भएन, त्यो सम्भव नभएपछि वैधानिक र आपराधिक मार्गबाट त्यस सरकारलाई विस्थापित गर्ने षड्यन्त्र भयो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal