आज :

भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमति

  • अनलाइन डबली

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन् ।

भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भेटमा भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटपछि लामिछानेले पनि सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्री जयशंकरसँग नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको बताएका छन् । उनले विकास साझेदारी तथा दुई देशबीचका बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको उल्लेख गरेका छन् ।

विदेशमन्त्री जयशंकरले पनि लामिछाने र उनको प्रतिनिधिमण्डलसँगको भेट सुखद रहेको बताउँदै भारत–नेपाल विकास साझेदारी र जनस्तरको सम्बन्धबारे केन्द्रित छलफल भएको जानकारी दिएका छन् । उनले यी सम्बन्धहरूले दुवै देशको विकास र समृद्धिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले लामिछानेको भारत भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीच हुने नियमित सम्पर्कको निरन्तरताका रूपमा व्याख्या गरेका छन् । उनले भारत र नेपालबीच सरकार–सरकार, जनता–जनता तथा सांस्कृतिक तहमा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै यस्ता सम्पर्कहरूले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन मद्दत गर्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal