आज :

दबूको पहिलो जिल्ला अधिवेशन गोरखाबाट शुरु

  • अनलाइन डबली

गोरखा । गोरखा नेवाः पत्रकार राष्ट्रिय दबूकाे आगामी राष्ट्रिय महाधिवेशन भदौ १९, २० गते गाेरखामा गर्ने याेजना बमोजिम दबूको पहिलो जिल्ला अधिवेशन गोरखा जिल्ला शाखाले सम्पन्न गरेको छ ।

भिमसेन थापा गाउँपालिकास्थित वडा नं. ५ मा एकीकृत बस्ती अवधारणामा निर्माण गरिएकाे मिलन बस्तीमा भिमसेन थापा गाउँपालिका- ५ मिलन बस्तीकाे सामुदायिक सहिद स्मृति सभाभाहलमा सम्पन्न भएकाे अधिवेशनले हिरालाल श्रेष्ठकाे नेतृत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति तथा एक जना गण्डकी प्रदेश पार्षद प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रिय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा गोरखा जिल्लाको भौगोलिक क्षेत्र ठूलो भएतापनि व्यवसायिक संचारकर्मीहरुको संख्या न्यून रहेको स्विकार्दै यहाँको संस्कृति तथा मातृभाषा संवर्द्धन तथा प्रवर्द्धन गर्न केन्द्र र जिल्लाको सहकार्य रहने वक्ताहरुले प्रतिबद्धता जाहेर गरेका छन् । जिल्ला अध्यक्ष भिमसेनबाबु श्रेष्ठको सभापतित्वमा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष दिपक श्रेष्ठ ‘जलन’ले सन्चालन गर्नुभएको कार्यक्रममा केन्द्रिय सल्लााहकार राजु शाक्य, उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव के के मानन्धरले दवूको उध्येश्य र अभियानको निरन्तरताको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा गोरखाका वरिष्ठ पत्रकार कैलाश बाबु श्रेष्ठ र भिमसेन थापा गाउँपालिका वडा ५ का अध्यक्ष होम बहादुर बरामुले जिल्लाको वस्तुस्थितिको जानकारी तथा यहाँको जनजीवनको प्रवर्द्धनमा संचारको भूमिकाको महत्वबारे बोल्नुहुँदै दबूको आगामी केन्द्रिय महाधिवेशनमा सहयोय सहकार्यको प्रतिबद्धता जाहेर गरे । नयाँ कार्यसमितिमा उपाध्यक्ष आत्मा राम श्रेष्ठ, सचिव विनाेद बाबु श्रेष्ठ, काेषाध्यक्ष लक्ष्मी श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा क्रमशः लक्ष्मी श्रेष्ठ, राजकुमार श्रेष्ठ र मनाेज श्रेष्ठ छन् । गण्डकी प्रदेश पार्षद प्रतिनिधिमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal