आज :

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

  • अनलाइन डबली

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउन ‘मोफा मित्र’ मोबाइल एप औपचारिक शुभारम्भ गरेको छ ।
मंगलबार कन्सुलर सेवा विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले ‘मोफा मित्र’ मोबाइल एप सेवा प्रवाहलाई थप सहज, पारदर्शी बनाउन महत्वपूर्ण हुने बताएका छन् ।
उनले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने सरकारको लक्ष्य पूरा गर्न यस एपले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘आज कन्सुलर सेवा विभागद्वारा तयार गरिएको मोबाइल एप ‘मोफा मित्र’को औपचारिक शुभारम्भ गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। सूचना प्रविधिको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई थप सहज, पारदर्शी, प्रभावकारी तथा नागरिकमैत्री बनाउने सरकारको प्रतिबद्धतालाई यस पहलले अझ सुदृढ बनाउने छ भन्ने मैले विश्वास लिएको छु।’
विदेशमा रहेका नेपाली र उनीहरूका परिवारका लागि कन्सुलर सहायता अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे ।
उनले भने, ‘लाखौं नेपालीहरू आफ्नो परिवार र देश बाहिर रहेको र विदेश जाने क्रम बढिरहेको आजको अवस्थामा कन्सुलर सहायता अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ।’
उनले विदेशमा विभिन्न समस्यामा परेका नेपालीको उद्धार र संरक्षणमा एप उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘कम्बोडियामा फसेका हुन् अथवा अफ्रिकामा अलपत्र परेका नेपाली हुन् अथवा विभिन्न आरोपमा थुनामा परेका नेपाली, सबैको संरक्षण तथा उद्धारका लागि यो एप उत्तिकै उपयोगी हुने विश्वास लिएको छु।’
उनका अनुसार विदेशमा आपतकालीन अवस्थामा रहेका नेपालीको उद्धार र परिवारलाई छिटो जानकारी दिनु सरकारको प्राथमिकता हो । ‘विदेशमा आपत्कालीन अवस्थामा रहेका नेपालीको उद्धार तथा उनीहरूका आफन्तलाई सकेसम्म छिटो जानकारी दिने हाम्रो प्राथमिकता रहेको छ,’ उनले भने ।
मन्त्री खनालले ‘मोफा मित्र’ एपले अनलाइनमार्फत निवेदन दर्ता, गुनासो व्यवस्थापन र सम्बन्धित नियोगसँग सम्पर्कलाई सहज बनाउने बताए । उनले भने, ‘अब उप्रान्त ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्त साथीभाइले आफ्नो स्थानबाटै सहज रूपमा अनलाइन निवेदन दर्ता गर्न वा आफ्ना गुनासोहरू राख्न र सम्बन्धित नेपाली नियोगहरूसँग सहज सम्पर्क र समन्वय गर्न सक्नेछन्।’
उनले विदेशमा रहेका नेपाली श्रमिकको हकहितलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उल्लेख गरे । उनले भने, ‘श्रम आप्रवासनलाई ‘होल अफ मोफा’, ‘होल अफ गभर्मेन्ट अप्रोच’को रूपमा हेरिएको छ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal