आज :

दुर्गा प्रसाईं हिरासतमुक्त

  • अनलाइन डबली

रौतहट । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त भएका छन् । अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले प्रसाईँलाई साधारण तारेखमा छाडेर मुद्दाको पूर्पक्ष गर्न दिने आदेश जारी गरेको हो । अदालतको यो निर्णयसँगै उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् ।

पर्सा जिल्ला अदालतका न्यायाधीश रेग्मीको इजलासले प्रसाईँलाई थुनामा राखिरहनु नपर्ने ठहर गरेको हो । अदालत स्रोतका अनुसार, मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई तारेखमा राख्दै कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले अदालतको औपचारिक आदेश प्राप्त भएपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गरिएको पुष्टि गरे । मंगलबार अदालतमा सरकारी वकिल र प्रसाईँका कानुन व्यवसायीहरूबीच निकै बेर थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सुनेपछि अदालतले प्रसाईँलाई न्यायिक हिरासतमा राखिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।
प्रहरीले दुर्गा प्रसाईँलाई गत मंगलबार वीरगन्जबाट पक्राउ गरेको थियो । उनीविरुद्ध दुईवटा गम्भीर मुद्दा दर्ता गरिएका थिए ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत भ्रम फैलाएको र साइबर अपराध गरेको आरोपमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूर र राज्यको शान्ति सुरक्षा र प्रणालीलाई खलल पुर्याउने खालका गतिविधि तथा अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसूर का मुद्दा दर्ता गरिएका थिए ।

यिनै मुद्दाहरूमा अनुसन्धान गर्न प्रहरीले उनलाई हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढाएको थियो । पछिल्लो समय मेडिकल व्यवसाय भन्दा बढी आफ्नो राजनीतिक तथा सामाजिक अभियानका कारण प्रसाईँ चर्चामा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal