आज :

गंगादशहरा पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व

  • अनलाइन डबली

जनकपुर । पूर्वी तराईका हिन्दू धर्मावलम्बिहरुले आज गंगादशहरा पर्व मनाउँदैछन् । जनकपुरधामसहित मधेश प्रदेशमा यो पर्व विशेष उत्साहका साथ मनाईन्छ । नेपाल र भारतभरिनै मनाईने गंगादशहरा पर्व गंगाघाट, जनकपुरधामको गंगासागर र दशरथ तलाउ, भारतको पटना घाटमा विशेष पूजा अर्चना गरी मनाईन्छ ।

गंगा आजकै दिन पृथ्वीमा अवतरीत भएको मानिन्छ । यो पूजा गर्दा १० वटा फूल, १० वटा दियो, १० वटा फलफूल र १० वटा नैवेद्य चढाउने परम्परा रहेको छ । गंगा उत्पत्तिको विभिन्न धार्मिक कथा र किम्बदन्तीहरु भएपनि मुख्यतः आजको दिनमा गंगा पृथ्वीमा आएको कारणले नै गंगादशहरा मनाउने गरिएको हो ।

हिन्दू पौराणिक ग्रन्थका अनुसार, सूर्यवंशी महाराज सगरले अश्वमेध यज्ञ आयोजना गरेका थिए । यज्ञको घोडा इन्द्रले चोरेर कपिल मुनिको आश्रममा लुकाइदिएपछि घोडा खोज्दै गएका सगरका ६० हजार छोराहरूले मुनि ध्यानमा बसेको बेला बाधा पुर्याए ।

मुनिको क्रोधले उनीहरू सबै खरानी भए र उनीहरूको उद्धार हुन सकेन । पछि तिनै सगरका वंशज राजा भागीरथले आफ्ना पुर्खाहरूको मुक्तिका लागि कठोर तपस्या गरी माता गंगालाई पृथ्वीमा अवतरण गराएका थिए । गंगाको वेग अत्यधिक भएकाले धर्तीमा प्रलय हुन नदिन भगवान शिवले उनलाई आफ्नो जटामा धारण गरे र त्यसपछि मात्र गंगालाई धर्तीमा बग्न दिएको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ ।

गंगा माताले सगरका छोराहरूको खरानीलाई स्पर्श गरेर उनीहरूलाई मोक्ष प्रदान गरिन । त्यही कारण आजको दिन नदीरतलाउरपोखरीमा स्नान गर्नाले १० प्रकारका पापहरू (पाँच कर्म र पाँच विचारद्वारा गरिएका) नाश भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासको भनाई छ ।

उनले जनकपुरधामको गंगासागर पोखरी र दशरथ तलाउमा स्नान गर्नु शुद्ध मानिने बताए । यसदिन श्रद्धालुभक्तजनहरु दश दिनसम्म दैनिक नदि, तलाउ, पोखरीमा नुहाउने गर्छन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal