आज :

बडीमालिकाः ‘स्वीजरल्याण्डको बाउ’ उपमाले ‘सुनमा सुगन्ध’ थपियोः समन्वय प्रमुख रोकाया

  • अनलाइन डबली

बाजुरा । जिल्ला समन्वय समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले प्रधानमन्त्री बालेन्द्र शाहले बाजुराको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको शक्तिपिठ दिव्य भूमी बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’को संज्ञा दिनुले ‘सुनमा सुगन्ध’ थपिएको बताएका छन् ।


नेपाल न्यूज बैंकसंग कुराकानी गर्दै,रोकायाले धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको र प्राकृतिक हिसाबमा समेत प्रचुर सम्भावनायुक्त क्षेत्रलाई चर्चित व्यक्तिको यस्तो संज्ञाले थप ‘सुनमा सुगन्ध’ थपिएको टिप्पणी गरे।बडीमालिकामा अथाह धार्मिक,प्राकृतिक तथा पर्यटन सम्भावना भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा रहेको अवस्थामा बालेन्द्र शाहको यस्तो अभिव्यक्तिले झनै चर्चा चुलिएको बताएका हुन् ।
बडीमालिका आफैमा सुन्दरताको खानी र सतिदेवीको कुम पतन भएको दिव्य पवित्र भूमि हो । बालेनको अभिब्यक्तिले बडीमालिकामा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेको बताउँदै समन्वय प्रमुख रोकायाले पर्यटन,प्रबद्र्धनमा समेत सकारात्मक प्रभाव पारेको जिकिर गरे ।
उनले,कुन तहको व्यक्तिले कस्तो प्रभाव पार्छ भन्ने कुरामा समेत ध्यान दिन आवश्यक रहेको बताएका हुन् । व्यापक सामाजिक सञ्जालको परिवेशमा चर्चा कमाएका अर्थात् सबैको नजरमा छुट्टै पहिचान बनाएका व्यक्तिको सानो शब्दले समेत जनमानसको दिल,दिमागमा ठुलो प्रभाव पार्ने उल्लेख गरे ।
‘यो भन्दा अघि बडीमालिकाको पर्यटन,प्रबद्र्धन नभएको होईन्’,उनले भने,‘पर्यटन,प्रबद्र्धन सम्बन्धी विभिन्न मेला महोत्सवको आयोजना गरियो । तर व्यापक चर्चामा भने आउन सकेन् । अहिले प्रधानमन्त्री ज्यूको सानो अभिब्यक्तिले विश्वभर चर्चा बटुल्यो उहाँको उपमाले बडीमालिकाको सुन्दरतामा थप सुनमा सुगन्ध थपियो।’
साथै उनले बाजुराका धार्मिक तथा पर्यटकीय स्थल, सरकारको मुख्य चासो र प्राथामिकतामा नपर्दा उजागरमा कठिनाई भईरहेको बताए।‘बाजुरा राज्यको नजरबाट टाढा छ।सुदूर साच्चिकै दुर नै हो।पर्याप्त स्रोतको उपलब्धता भए पनि साधनको अभाव छ।राज्यको नजर अझै नपर्नु दुस्खको कुरा हो।’
बाजुराका धार्मिक तथा पर्यटकीय क्षेत्रको पर्यटन,प्रबद्र्धन संरक्षण तथा सम्बद्र्धन गर्न प्रदेश र संघीय सरकारसंग पटकपटक आग्रह गरिएको जानकारी दिए।‘हामी निरन्तर लागीरहेका छौँ। यसमा सरकारको नजर पर्न आवश्यक छ।अब बस्न कसैलाई छुट छैन्।पाईला सार्नुपर्छ,र पर्यटकीय क्षेत्रको उजागर गर्न अघि बढ्नुपर्छ।’उनले भने।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् । छिमेकी देश भारतलगायत अन्य छिमेकी देशबाट दर्शनार्थी बडीमालिका पुग्ने गर्छन् । बडीमालिकामा अहिले नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर समेत निर्माण गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal