आज :

सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए ।
उनले भनेका थिए,‘ ‘आज पनि धेरै माननिय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ । यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं ? यसको हामीले के लेख्दै छौं यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउँ । यदी होइन भने हामीलाई दुख दिइरहेको छ ।’
सांसद तामाङले उनले अभिव्यक्तिमाथि उठेर आपत्ति जनाएकी हुन् ।
उनले भनिन्,‘उहाँले बादरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको त्यो फिर्ता होइन् पूरै काटेर फालिनुपर्छ । उहाँले सलामी दिनुपर्ने भन्नुभयो यो शब्द पनि आपत्तिजनक छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal