आज :

प्रत्येक ३ वर्षमा लाग्ने गेरुका मेला सुरु

  • अनलाइन डबली

जनकपुर । प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास)मा लाग्ने मेला आजबाट सुरु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) सुरु भएको छ ।

आइतबार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ । मिथिला महात्मेमा उल्लेख भएअनुसार माता सीता गेरुका नदिमा स्नान गर्ने गर्थिन । मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । गेरुका स्नान गर्न मधेश प्रदेशका ८ वटै जिल्लाका श्रद्धालुभक्तजनसहित सीम पार भारतबाट पनि श्रद्धालुहरु आउने गर्छन । एक महिना भरिमा लाखौं श्रद्धालुभक्तजनहरु यहाँ आएर स्नान गर्ने गर्छन ।

‘यस ऐतिहासिक गेरुका नदिमा गरिने स्नान प्रति श्रद्धालुहरुको मनमा यति धेरै आस्था रहेको छ कि बिना प्रचार प्रसार नै लाखौं भक्तजन यहाँ स्नान गर्न आउछन्’, स्थानीय पिपरारीबासी हरिसचन्द्र यादवले बताए ।

उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले प्रचार प्रसार गर्ने तर्फ ध्यान दिए यस स्थानलाई भारतको कुम्भ मेला झैँ धार्मिक स्थलको रुपमा परिणत गर्न सकिन्छ ।

कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको छ । यस वर्षको मेला जेठ ३ गतेदेखि सुरु भई पूरा महिनाभर सञ्चालन हुनेछ । विशेषगरी आइतबार र मंगलबार श्रद्धालु भक्तजनको बढी सहभागिता हुन्छ । धार्मिक मान्यताअनुसार गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा आराधना गरे अक्षय पुण्य प्राप्त हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal