आज :

छैठौँ रारा ट्रेल रनको उपाधिमा दलबहादुर र सुनमाया

  • अनलाइन डबली

मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेलरनको उपाधी जुम्लाका दलबहादुर कुवंर र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका ७ जुम्लका दल बहादुर कुवंर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका २ कि सुनमाया बुढाले रारा ट्रेलरनको उपाधी चुमेका हुन ।

रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले ६ बर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो बर्ष पनि नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौँ सस्करण १६ किलिोमिटरमा महिला तर्फ ४९ र पुरुष ३ सय १२ जना र एक जना बिदेशी नागरिक सहित गरेर ३ सय ६१ जनाले सहभागिता जनाएका थिए । तिन सय ११ जना धावकलाई पछि पार्दै जुम्ला तातोपानी गाउँपालिका ७ का दल बहादुर कुवंर रारा ट्रेलरनको पहिले बनेका हुन् ।

उनले १६ किलोमिटरको दुरी एक घण्टा १५ सेकेन्डमा पार गरे । जुम्ला कनकासुन्दरी गाउँपालिका ३ का युवक राज बुढा १ घण्टा १ मिनेट ९ सेकेण्ड दोस्रो र मुगुको छायाँनाथ रारा नगरपालिका –१४ बाम गाउँका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

महिला तर्फका ४९ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासि गाउँपालिका २ कि सुन माया बुढा प्रथम भइन् । उनले १६ किलोमीटर दुरि निर्धारित १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गरि प्रथम भईन् । जुम्ला पातारासी गाउँपालिका– २ कि राम मामया बुढाले १ घण्टा १५ मिनेट १ सेकेण्ड द्वितीय र डोल्पा जिल्ला त्रिभुवन आर्मी कि सुनसरी रोकाया १ घण्टा १७ मिनेट २८ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् ।

ट्रेल रनमा प्रथम, द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ । रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेको छ ।त्यसैले कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल राराको पर्यटन पर्वधनसंगै खेलाडि उत्पादनको लागि नेपाली सेनाले हरेक बर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्ने गरेको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्ग बहादुर श्रेष्ठ बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal