आज :

सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप

  • अनलाइन डबली

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘हामीले संसद बैठक बहिष्कार गरेका हौँ । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ । सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ ।’
अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको पनि गुनासो गरे । उनका अनुसार संसदमा प्रभावकारी बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ ।
त्यस्तै उनले श्रम संस्कृति पार्टीलाई कसैले पनि हेप्न नसक्ने दाबी गर्दै आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal