आज :

दोलखाका जलविद्युत आयोजनाहरु सीमित व्यक्तिको कमाइको धन्दा बनेका छन :सांसद सेन्चुरी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले दोलखाको बहुमूल्य जलविद्युत आयोजना सीमित व्यक्तिको कमाइको माध्यम बन्दै गएको आरोप लगाएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोलखास्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको कालिञ्चोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको ‘सेण्डिकेट’ लागेको टिप्पणी गरिन् ।
उनले भनिन्,‘हाम्रा बहुमूल्य जलविद्युत आयोजनाहरु मुठीभर व्यक्तिका कमाउको धन्दा बनेको छन् । हाम्रो आस्थाको धरोहर कालिञ्चोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको सेण्डिकेट लागेको छ ।’
सांसद सेन्चुरीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तामाकोशी पुल दोलखावासीका लागि घाउ बनेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।
‘ वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तामाकोशी पुल दोलखावासीका लागि घाउ बनेको छ ।दोलखाको यो चित्कारलाई फाइलमा मात्रै होइन, कार्यान्वयनको मैदानमा पनि सम्बोधन गरियोस् ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal