आज :

राष्ट्रिय खेलकुद परिषद्का अधिकांस बोर्ड सदस्य पदमुक्त

  • अनलाइन डबली

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि खेलकुदमा पनि असर परेको छ । विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका हुन् । यसै क्रममा खेलकुदमा राजनीतिक नियुक्त लिएकाहरू पनि पदमुक्त हुने भएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त भएका २७ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्का अधिकांस बोर्ड सदस्य पदमुक्त हुने भएका हुन् ।

पदमुक्त हुनेमा गत पुसमा नियुक्त भएका क्रिकेट प्रशिक्षक जगत टमाटा, रग्बी संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ ¥याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ र उद्योग बाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की हुन् ।

नयाँ सरकार आएसँगै परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले यस अगाडिनै पदबाट राजीनामा दिइसकेका छन्  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal