आज :

गगन थापाको राजनीतिक कदमः हतारमा सभापति, फुर्सदमा पछुतो

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । चुनावअघि ‘काँग्रेस बदल्यौं, अब देश बदल्छौं’ नारा लगाएका थापा चुनावको परिणामले नराम्रोसँग थला परेका छन् ।

केही दोस्रो पुस्ताको नेतालाई फकाएर जबरजस्त विशेष महाधिवेशन गरेर आफूलाई सभापति घोषणा गरेका थापाले बुधबार पदबाट राजिनामा दिएका हुन् ।

थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजिनामा बुझाएका हुन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा आफू र पार्टीका लज्जाजनक हार भएपछि थापाको नैतिकता र राजनीतिक निर्णयमाथि प्रश्न उठ्न थालेको छ ।

सभापति घोषित भएपछि थापा काठमाडौं छोडेर सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गेरेका थिए ।
थापाले चुनावअघि हतारमा जबरजस्त महाधिवेशन गरे, चुनाव सकिएपछि अहिले पछुताउँदै राजिनामा गर्न बाध्य भएको काँग्रेस नेताहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal