काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराएका छन् ।
जनयुद्धका सहिद लक्षीराम केसीका छोरा जीवन प्रचण्डका प्रस्ताबक बनेका छन् । त्यस्तै, अर्का युवा कालिप्रसाद रोक्का पनि प्रस्ताबक बनेका छन् ।
प्रचण्डको समर्थनमा भिउमान घर्ती र कुमारी बराल गौतमले गरेका छन् । उम्मेदवारी दर्ता गर्न जाँदा कार्यकर्ता र जनता बाजा गाजासहित र्याली निकालेका थिए । प्रचण्ड रुकुम आएपछि अन्य पार्टीका नेताहरुले पनि खुशी व्यक्त गरेका छन् ।
यसैबीच नेकपा एमाले रुकुम जिल्लाका पूर्वअध्यक्ष टोपबहादुर ओली र केश कुमारी तुलाचन उपसचिव, जिल्ला सचिवालय सदस्य तारा पुन मगर, प्रदेशबाट स्वतन्त्र उम्मेवार नरहरि खड्कासहित एमालेका दर्जनौं नेता कार्यकर्ता प्रचण्डलाई जिताउन अभियानमा लागेका छन् ।उनिहरुले प्रचण्डलाई रुकुमपूर्वबाट भारी मतले विजयी गराउनुपर्ने बताएका छन् ।
प्रचण्ड रुकुमपूर्व आएपछि अन्य पार्टीका नेता कार्यकर्ता खुशी हुँदै समाहित हुनेक्रम सुरु भएको नेकपाका युवा नेता केशव रावलले बताए ।



अनलाइन डबली


