आज :

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन गरिएको जानकारी दिए ।

उनले जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालु अधिवेशन सम्वत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्य गर्नुभएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम राष्ट्रिय सभाका माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal