आज :

ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

  • अनलाइन डबली

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो ।
उक्त प्रतिबेदन अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष साउनमा २.९९ प्रतिशत रहेकोमा यो वर्षको साउनमा २.७५ प्रतिशतमा झरेको पाइएको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.९४ प्रतिशतबाट घटेर २.६५ प्रतिशतमा पुगेको छ ।
विभिन्न बैंकहरूको आधारदरमा पनि उल्लेख्य कमी आएको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत, विकास बैंकहरूको ७.२८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८७ प्रतिशत कायम भएको छ ।
गत वर्षको सोही महिनामा वाणिज्य बैंकहरूको आधारदर ७.६१ प्रतिशत, विकास बैंकहरूको ९.२८ प्रतिशत र वित्त कम्पनीहरूको १०.७५ प्रतिशत थियो ।
यस्तै, निक्षेप र कर्जाको ब्याजदर पनि घटेको छ । २०८२ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत, विकास बैंकहरूको ४.६७ प्रतिशत र वित्त कम्पनीहरूको ५.८५ प्रतिशत पुगेको छ । गत वर्ष यिनै संस्थाहरूको निक्षेप ब्याजदर क्रमशः ५.६६, ६.४६ र ७.७१ प्रतिशत थियो ।
यस्तै, वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर पनि ९.६८ प्रतिशतबाट घटेर ७.७६ प्रतिशतमा झरेको छ । विकास बैंकहरूको कर्जाब्याजदर ११.०७ प्रतिशतबाट घटेर ९.०९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जाब्याजदर १२.३२ प्रतिशतबाट घटेर ९.९८ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ब्याजदरमा आएको यो गिरावट बजारमा तरलता सहज हुन थालेको संकेत हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal