
तस्विर : श्रीकृष्ण आचार्य
काठमाडौं । नेपालको मौलिक सांकृतिक पर्व यस बर्ष बिना रथयात्रा यो वर्षको इन्द्रजात्रा “येंया” समापन गरिएको छ।
गुठी संस्थानले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर जात्राका कर्म छोट्यएर क्षमापूजाका साथ जात्रा समापन गरेको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा इन्द्रजात्रा पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ । यस पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ नामले पनि चिनिन्छ ।
१२ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म निर्मित प्रशस्त मठमन्दिरहरूले सजिएको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको मूल स्थल हो ।
काठमाडौंमा मनाइने जात्रामध्ये इन्द्रजात्रा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले धार्मिक, सांस्कृतिक र सामाजिक विविधता झल्काउँछ ।