आज :

आदिवासी ज्यापु समुदायले जारि गर्यो यस्तो बिज्ञप्ति

  • अनलाइन डबली

काठमाडौँ । आदिवासी ज्यापु समुदायले बर्तमान परिस्थितिलाइ मध्ये नजर गर्दै बिगय्प्ति जारि गरेको छ ।

यस्तो छ  बिज्ञप्ति  –

सर्वप्रथम Zen Z युवा नेतृत्वको आन्दोलनले देशमा आमूर रि ल्याइसकेको हामी सम्पूर्णलाई जानकारी नै भएको छ । देशमा व्याप्त भ्रष्टाचार र गलत नेतृत्वको कारणले गर्दा वढेको व्यापक अनियमितता र असन्तुष्टिले गर्दा आम जनतामा भएको निराशालाई सम्वोधन गर्दै भ्रष्टाचार विरूद्ध अनि सुशासन कायम गर्नका निम्ति भएको आन्दोलनमा नेपाल आमाका केही विर युवाहरुले सहादत प्राप्त गरेका छन् र अत्याधिक संख्यामा उपचारत छन् । दिवंगत हुनुभएका विर युवाहरु र दिवंगत सम्पूर्ण आत्माको चिर शान्तिको कामना गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।

यसैविच Zen Z युवा नेतृत्वले गरेको आन्दोलनमा घुसपैठ भै सार्वजनिक सम्पतीमा हानी नोक्सानी पुऱ्याउने देखि लिएर बैंक तथा वित्तिय संस्था र व्यक्तिगत सम्पति समेतमा लुटपाटका घटना भएका प्रति यस संस्थाको तर्फबाट घोर आपती जनाउँदछौं । तसर्थ यसलाई समयमा नै रोक्न र थप जनधन तथा ऐतिहासिक सम्पदा क्षति हुनबाट बचाउन र देश संकटमा फस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सून्यतामा पुगेको राज्यलाई अझ अराजक अवस्थामा पुग्नबाट बचाउनको लागि शान्ति कायम गर्न नेपाली सेनाले आव्हान गरिसकेको अवस्थामा हामी सचेत नागरिकहरुको विभिन्न समूहहरुले पनि सामुहिक सहकार्य गरी आवश्यक कदम चाल्नु पर्ने देखिन्छ ।

देशलाई अराजक अवस्थामा पुग्नबाट बचाउनको लागि र शान्ति कायम गर्न आवश्यक साथ सहयोग गर्नका लागि आदिवासी ज्यापु समुदायको हित र संरक्षणको लागि लामो समयदेखि क्रियाशील ज्यापु महागुथि नेपाः सदैव तयार रहेको पनि यही वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं । धन्यवाद ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal