आज :

उच्चअदालत तुलसीपुर, बुटवल इजलासले माग्यो रविको सहकारी मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल

  • अनलाइन डबली

काठमाडौँ ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउने आदेश दिएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेले बिगो रकम बुझाएर रिहा हुन दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै आज बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले यस्तो आदेश गरेको हो।

लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरे पनि जिल्ला अदालत रुपन्देहीले बिगो यकिन नभएको भन्दै रिहाइ अस्वीकार गरेको थियो।

हाल नख्खु कारागारमा रहेका लामिछानेको मुद्दामा एक साताभित्र मिसिल प्राप्त भएपछि थप सुनुवाइ हुने अदालतले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal