आज :

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

  • अनलाइन डबली

बर्दिया । बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ ।

विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले फेला परेको हो ।

मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो ।

विशेष सुराकीको आधारमा शशस्त्र प्रहरी नायव निरिक्षक कमल बहादुर नेपालीका कमाण्डमा गस्ती टोली सो स्थानमा खटाईएको थियो ।

स्पेशम्यान एसपि चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रति थान दुई हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मुल्य ४८ लाख पाँच हजार रहेको छ ।

गस्ती टोली देख्ना साथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छोडेर भारततर्फ भागेको उनले बताए ।

पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पुरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको शशस्त्र प्रहरी उपरिक्षक शाहीले बताए । खुला सिमानाका कारण नेपाल भारत सिमा क्षेत्र अबैध सामान ओसारपसार हुने गरेको पाइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal