आज :

मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते

  • अनलाइन डबली

रामेछाप । सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ ।

दुर्घटनामा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष असोज १२ गतेको वर्षासँगै आएको बाढीले खुर्कोटमा रहेको सुनकोशी मोटरेवल पुल बगाएपछि पुनर्निर्माण गरिएको बेलिब्रिजमा १५ टनभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

आयोजना स्थलमा आवश्यक निर्माण सामग्री पु¥याउने ठूला मालवाहक सवारी साधनलाई सिन्धुली र रामेछापको संगमस्थल सित्खा पुल तरेर मन्थली हुँदै गन्तव्यसम्म लैजानुपर्ने बाध्यता छ । साघुरो सडकमा ठुला सवारी साधन गुडाउँदा दुर्घटना बढेको छ । ठुला सवारी चल्दा सित्खा–गोगनपानी–मन्थली सडक पनि पिच उक्किन लागेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal