आज :

डेरी एसोसिएसनद्वारा ‘घिउ अभियान’ को सुरुवात

  • अनलाइन डबली

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नेपाल डेरी एसोसिएसनले ‘दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ ।

तीजलाई मौलिक संस्कार, सभ्यता र भव्यतापूर्वक मनाउनुपर्नेमा जोड दिँदै यस वर्ष एसोसिएसनले महिलामुखी अभियानलाई अझ प्रभावकारी बनाउन ‘घिउ अभियान’ को सुरुवात समेत गरेको छ ।

यस अभियानअन्तर्गत तीजमा उपस्थित अतिथि र सम्पूर्ण महिला सदस्यलाई उपहारस्वरूप घिउ वितरण गरिएको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेश श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाँ, पदाधिकारीहरू, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी महासंघका महासचिव श्रीकृष्ण भण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल निर्यात महासंघ, रोटरी क्लब कपन, दृश्य बहुउद्देश्यीय सहकारी संस्था, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेन्युरलगायतका संघ–संस्थाका पदाधिकारी तथा महिला सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा डेरी एसोसिएसनका उपाध्यक्ष मनोज घिमिरेले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य बारे प्रष्ट पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपसभामुख अपसरा चापागाईंले तीज केवल महिलामात्रको पर्व नभई समाजमा सद्भाव, आपसी सहयोग र सम्मानको सन्देश दिने पर्व भएकाले यसलाई भड्किलो भन्दा सभ्य र मौलिक शैलीमा मनाउनुपर्ने बताइन् ।

बागमती प्रदेशका निवर्तमान योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठले महिला सशक्तिकरण मात्र नभई दुग्ध व्यवसाय प्रवद्र्धनमार्फत देशको समग्र विकासमा समेत योगदान पु¥याइरहेको उल्लेख गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal