आज :

सांसद सिंहको प्रश्न ः ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?’

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा कानुन व्यवस्था बिग्रिँदै र सरकारको भूमिका प्रश्नवाचक भएको भन्दै कडा आलोचना गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हालको सरकारमाथि अपराध नियन्त्रण गर्न नसकेको मात्रै होइन, संरक्षण गर्ने आशंका समेत उठाएका छन् ।

‘देशको कानुन व्यवस्था बिग्रिँदै गएको छ । अराजकता बढिरहेको छ । हत्या, हिंसा, बलात्कारजस्ता अपराधहरु बढिरहेका छन्,’ उनले भने, ‘यो दुई तिहाइको सरकार हो, अपराध घट्नुपर्ने हो, व्यवस्था मजबुत हुनुपर्ने हो । तर उल्टै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन?’

सांसद सिंहले अहिले सर्वसाधारण त्रासमा रहेको बताए । उनले दुई ठूला दलले दलगत प्रतिनिधिको नाममा साना पक्षलाई तर्साउने, दवाब दिने र निषेध गर्ने काम गरिरहेको आरोप लगाए ।

‘कसैलाई कुर्सीबाट हटाउने, कसैलाई अदालतमा पेश गरेर थुनामा राख्ने प्रयास भइरहेको छ,’ सिंहले भने, ‘यो स्थिति लोकतान्त्रिक मुल्य र मान्यताविपरीत छ । सामान्य नागरिकमा निराशा र असुरक्षा बढ्दो छ ।’

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal