आज :

भक्तपुर क्षेत्रमा बस नै लिएर चोरी

  • अनलाइन डबली

भक्तपुर । भक्तपुरको चाँंगुनारयण नगरपालिका क्षेत्रमा बस नै लिएर चोरी गर्न पुगेको भेटिएको छ । चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित एउटा ईट्टाभट्टामा रोकी राखेको निसान ट्रकहरुबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा ती चोरहरुलाई पक्राउ गरिएको हो । बा ४ ख ४२८० नम्वरको बसमा आएका उनीहरुलाई स्थानीयले देखेर नियन्त्रणमा लिएका थिए ।

चोरीमा संलग्न बसको चालक, सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनीहरुको साथबाट अन्दाजी ४० लिटर डिजेल पनि बरामद गरेको जनाइएको छ । बसलाई प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले नियन्त्रणमा लिएका थिए । पछि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई पुरयाइएको थियो ।

पक्राउ पर्नेहरुमा बसको चालक काभ्रे पाँचखाल न.पा ११ घर भई हाल भक्तपुर च्यामासिंह बस्ने बर्ष ३२ को सरोज सुनार, बसको सहचालक भक्तपुर चाँगुनारायण न.पा ७ बागेश्वरी बस्ने बर्ष ३२ को अमिर लामा, भक्तपुर सूर्यबिनायक न.पा ७ बस्ने बर्ष २७ को सुमन तामाङ, काठमाडौं थानकोट घर भई हाल च्यामासिंह बस्ने बर्ष २७ की पुर्णिमा महर्जन रहेको जनाइएको छ ।

बताइए अनुसार घटना राति भएको थियो । रातको समयमा चोरी भइराखेको स्थानीयले देखेका थिए । त्यसपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिने क्रममा रिसको झोकमा चोरहरुमाथि केहीले कुटपिट पनि गरेका थिए । त्यसपछि ती चोरहरुलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएको थियो । सामान्य उपचारपछि उनीहरु अस्पतालबाट डिष्चार्ज भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal