आज :

कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला

  • अनलाइन डबली

रौतहट । स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो ।

गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा शव फेला परेको कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डे बताए ।

उनका अनुसार अर्पितको कानको मुन्द्रा र घाटीको मालाले पहिचान खुलेको हो । नारायणी नदी किनारमा महिला र करीब तीन सय मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको उनले जानकारी दिए ।

शव गलेको अवस्थामा भेटिएको उनको भनाइ छ । यद्यपि भेटिएको शव पाण्डे आमा छोराको भए÷नभएको प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन् ।शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिडेको छ ।

दुवै शवलाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal