आज :

आफ्नो असक्षमताका कारण गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद चौधरी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकको नेतृत्वमा रहेको गृहप्रशासन असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

मंगलबार बानेश्वरस्थित संसद भवन परिसदमा पत्रकारहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको असक्षमताका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको गृहप्रशासनको नेतृत्व माननीय रमेश लेखकले गरिरहेका छन् । उहाँ असफल गृहमन्त्री भनेर हामीले भनिरहेका छौ । सरकारको १३÷१४ महिनाको गतिविधि हेरेर उहाँ असफल गृहमन्त्री बन्नुभयो र आफ्नो असक्षमताका कारण राजीनामा दिनुपर्छ । तर उहाँमा नैतिकता भन्ने कुरा देखिएको छैन । नैतिकता देखाएर उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’

उनले कैलालीको कारागारमा घटेको घटनाप्रति गृह प्रशासन संवेदनशील नभएको भन्दै गैरजिम्मेवारी भएको बताए ।

‘कैलालीको कारागारमा जुन घटना घट्यो त्यो घटना भनेको मानव अधिकार आयोगले पटक–पटक गृहमन्त्रालयलाई जानकारी गराउँदा गराउँदै पनि त्यसप्रति गृह प्रशासन संवेदनशील नभएको अवस्था देखिन्छ र त्यो भनेको गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal