आज :

एलिसा ढुंगानाको शौन्दर्यको भग्नावशेष विमोचित

  • अनलाइन डबली

साउन २७, काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले आज काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गर्नुभयो । कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताउनुभयो । “जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन् ।” वरिष्ठ कवि दिनेश अधिकारीले भन्नुभयो । कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरुमात्र होइन अवसाद र असन्तुष्टीकाबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताउनुभयो ।

यसैगरि अर्का वक्ता कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताउनुभयो । “प्रत्येक कवितामा आजका मानिसका आशा र वाध्यता पढ्न सकिन्छ ।” डा. नेपालले भन्नुभयो । यसैगरि कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको प्यासेनले आफु संवेदित बनेको बताउनुभयो । त्यसअवसरमा कवि एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बालककालदेखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको बताउनुभयो । साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने दावी गर्नुभयो । कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरु वाचन गर्नुभएको थियो । एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयेग चाहेको बताउनुभयो । एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाउनु भएको यस कृतिमा वरिष्ठ कविवर वैरागी काइँलाले भूमिका लेख्नुभएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal