आज :

सुनसरीमा बस र माइक्रो ठोक्किएर दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, २३ जना घाइते (नामसहित)

  • अनलाइन डबली

काठमाडौँ । सुनसरीमा बस र माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका ३ जुलुवा टोलमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार विहान ठोक्किएर दुर्घटना हुँदा अन्य २३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । जसमध्ये तीन जनाको पहिचान भएको छ ।

मृत्यु हुनेमा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादवको पहिचान खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

दुर्घटनामा परी घाइते हुनेमा १. मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई । २. खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार । ३. खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार । ४. सप्तरी मन्धेव गापा– ६ बस्ने रबिन्द्र प्रसाद मण्डल । ५. उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ । ६. झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा । ७. भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री । ८. उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक । ९. ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई । १०. सप्तरीका रविन्द्र मेहता । ११. सप्तरीका ६८ वर्षीय जिवछ महात्मा । १२. खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी । १३. नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी । १४. झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई । १५. सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय । १६. मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव । १७. सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक । १८. सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय । १९. सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव । २०. सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव रहेका छन् ।

त्यसैगरी, २१. सुनसरी कोशी गाउँपालिका– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास । २२. सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय । २३. सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal