आज :

‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पहिलो पटक गाईको उपचार

  • अनलाइन डबली

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ ।

खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन् ।

उनका अनुसार एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउ लिफ्टको झोलामा राखेर उपचार भइरहेको छ  । खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने उनी बताउँछन् ।

उनले भने,‘काउ लिफ्टिङ झोलामा मेसिन पनि हुन्छ । यो गाई विरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो । पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो । यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो । उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरुलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौं । जबसम्म यसले खुट्टा टेक्न सक्दैन् तबसम्म झोलामै राख्छौं ।’

त्यस्तै उनले भुईमा हुँदा धेरै गुम्सने, घाऊहरु हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न संक्रमणबाट समेत बचाउन सकिने धारणा राखे ।

झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए ।

‘यसरी राख्दा झोला सारेर नै यता उता गर्नसक्ने, घाँस, खोले खाने पनि गर्दछ । यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्थापनि सुधार हुँदै गएको छ । बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने । उक्त गाउँपालिकामा

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal