आज :

बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

  • अनलाइन डबली

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभि भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो।

दुर्घटनामा संलग्न इभि भ्यान कुन कम्पनीको हो र कहाँ जाँदै थियो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal