आज :

ऋण दिने साहु नै पीडित भएपछि

  • अनलाइन डबली

जनकपुर । धनुषामा ऋण दिने साहु महाजनहरु नै अन्याय भइरहेको भन्दै नागरिक समाजले प्रदर्शन गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल सरकारले मिटरब्याज सम्बन्धी विभिन्न नियम कानुन लागु गरिसकेको छ । यसबाट मिटिरब्याज पीडितहरुको समस्या समाधान भएको सरकारको ठहर छ ।

तर गाउँ घरमा अहिलेपनि कुनै समस्या आइलाग्दा आपतकालिन परिस्थितिमा गाउँका साहु महाजनसंगै ऋण लिने गरिन्छ ।

धनुषाको ठेरामा सरकारले लागू गरेको नियमअनुसार वडामा दर्ता गराई ऋण दिने केही साहू महाजनहरुको बिचली भएको भन्दै सो ठाउँका नागरिक समाजका अगुवाहरुले आवाज उठाएका हुन् ।

उनीहरुले जुलुससहित शुक्रबारे जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समस्या सुनाउनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाए ।

उनीहरुले अदालत गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले आनाकानी गरेको आरोप लगाएका छन् । ऋण दिने साहुले प्रक्रिया पुगाएर दिएको ऋण असुलउपर गर्न नसकेपछि अदालतको सहारा लिएर भएको फैसलाको कार्यान्वयनमा प्रहरी प्रशासनले लापरवाही गरिरहेको ठेराका स्थानीय एवम नागरिक समाजका प्रमोद कुमार यादवले बताए ।

उनले अहिले ऋण दिने साहु नै अन्यायमा परेको गुनासो गरेका छन् । उनले अनुचित लेनदेन समितिबाट साहूहरुलाई कानुन विपरीत अनावश्यक दबाब दिएको आरोप लगाए ।

उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दायर गरी सो मुद्दाहरुमा मातहतका प्रहरी कार्यालयलाई लेनदेनको विषयमा कुनै प्रकारको दवाव नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी भएपश्चात पनि प्रहरीबाट फोनमार्फत विभिन्न प्रकारको दवाव दिएको यादवले बताए ।

उनले विभिन्न समितिको नाममा गाउँघरमा गलत हल्ला फैलाएर केही व्यक्तिहरुले आतंक मचाउन खोजेको भन्दै सरकारसंग त्यस्ता व्यक्तिलाई कारवाही गर्नुका साथै अदालतले दिएको फैसला कार्यान्वयनमा सहजिकरणका लागि आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal