आज :

अन्जलीको हत्या गर्ने अभियुक्त सार्वजनिक, आमाको अवैध सम्बन्ध कारण

  • अनलाइन डबली

जनकपुर । गत सोमबार राती ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जली कुमारी यादवलाको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ ।

नेपाल सरकारले कुनैपनि घटनामा संलग्न रहेकालाई सार्वजनिक नगर्न सर्कुलर जारी गरेतापनि धनुषा प्रहरीले घटनाको प्रवृतिलाई मध्यनजर गर्दै विशेष अनुमति लिएर अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका अभियुक्त साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्ष जेल सजाय बिताएर निस्किएका थिए ।

के थियो घटना ?

अभियुक्त रामबाबु साह र मृतक अन्जलीकी आमा आशा यादवबीच धनुषाको महेन्द्रनगरस्थित एक पसलमा चिनजान भइ भेटघाट निरन्तर हुँदै आएको थियो ।

सो क्रममा दुबै जनाले संगै बस्ने निधो गरेपछि आशा यादवलाई जनकपुरधाममा डेरा लिइ आशाकी छोरी अन्जलीसहित साहसंगै बस्ने गरेका थिए । साह कामका लागि बाहिर गइरहने हुनाले आशालाई टेम्पो खरिद गरिदिएका थिए ।

तर आशाले टेम्पो आफ्नो भाइको नाममा दर्ता गराउन लगाएको अनुसन्धानमा देखिएको छ । त्यसपछि आशा यादव र अभियुक्त रामबाबु साहबीचको सम्बन्धमा चिसोपन आउन थालेको थियो । आशा यादवले रामबाबुलाई थाहा नदिई डेरा समेत अर्को स्थानमा सारेपछि दुबैबीच भनाभन सुरु भएको थियो ।

आशा यादवले रामबाबुको फोनसमेत उठाउन छोडेपछि रामबाबुले खुकुरी लिएर आएर राती नयाँ डेरा पत्ता लगाइ आशा यादवमाथि निर्घात प्रहार गरेका थिए । सो क्रममा रामबाबुले अन्जलीको घाँटीमा खुकुरी प्रहार गर्दा अन्जलीको मृत्यु भएको थियो भने आशा यादव पनि गम्भीर घाइते भएकी थिइन ।

अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal