आज :

आजदेखि पुनः दैनिक ६ घण्टा लोडसेडिङ, सरकारले सार्वजनिक गर्यो तालिका

  • अनलाइन डबली

चितवन । नेपालीले भुलिसकेको लोडसेडिङ औपचारिक रुपमा आजदेखि पुनः सुरु हुने भएको छ । केही दिनदेखि पूर्वी चितवनका क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ हुँदै आएको थियो । अब सरकारले लोडसेडिङ तापदका सार्वजनिक गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको चनौली वितरण केन्द्रले जनाएको छ ।

सार्वजनिक सुचनाअनुसार अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको भएको छ ।

उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

यस्तो छ लोडसेडिङ तालिका

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

सरकारले कुलमान घिसिङलाई हटाएदेखि नै लोडसेडिङको त्रास सिर्जना भएको थियो । नयाँ कार्यकारी निर्देशक हितेन्द्र शाक्यले सुरुमै प्राधिकरण घाटामा रहेको भन्दै लोडसेडिङ हुन सक्ने संकेत गरेका थिए । कुलमानको पालामा नाफामा रहेको प्राधिकरणले शाक्य आएपछि ऋण समेत लिएको छ ।

कमिसनमा सरकारले जेनेरेटर, व्याट्रिको व्यपार गर्न शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याएको आरोप लागेको थियो । लोडसेडिङ तालिका सार्वजनिक भएसँगै यो आरोप पनि पुष्टि भएको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal