आज :

तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो

  • अनलाइन डबली

मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरि डिभिजन वन कार्यालय जुम्लालाई जिम्मा लगाइएको छ ।

शुक्रबार अपराह्न ५ः५० बजे सो जनावरलाई कुडारी निवासी मुन प्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको थियो ।

टोलीले जंगली जनावरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर तातोपानी गाउँपालिका अन्तर्गत सव–डिभिजन वन कार्यालयका वन अधिकृत रविन्द्र कुमार अधिकारीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ ।

उक्त स्थान प्रहरी चौकी कुडारीबाट करिब एक किलोमिटर पश्चिममा पर्ने बताइएको छ । उद्दार गरिएको जनावरलाई प्राकृतिक वासस्थानमा पुनःस्थापित गरिने वन कार्यालयले जनाएको छ ।

स्थानीयवासीले प्रहरी र वन कार्यालयको समन्वयमा गरिएको चाँडो र प्रभावकारी कार्यप्रति प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal