आज :

बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

  • अनलाइन डबली

महाेत्तरी । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।

‘हामी बालेन्द्र शाहको पूर्खौली घरमा आइपुगेका छौं, रमाइलो महशुस भइरहेको छ । हामी सबै मिलेर देश बनाउनुछ । एकथरी मान्छेहरु इतिहासलाई पछाडि धकेल्ने कोशिस गरिरहेका छन् । जनताले धेरै ठुलो संघर्ष र बलिदान गरेर ल्याएको संघीयता, समावेशता, समानुपातिकलगायत परिवर्तन जसले महिला, मधेसी, जनजाति, दलित, मुस्लिम, थारुलाई अधिकार दिएको छ । यसलाई उल्याउने कोशिस हुँदै आएको छ’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनतालाई अझ धेरै अधिकार दिन संघर्ष गरिरहेको बताए ।

कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal