आज :

हुम्लामा २०८०/०८१ को बजेट ५ अर्ब ४५ करोड, खर्च ४ अर्ब ६० करोड

  • कर्णबहादुर रोकाया

हुम्ला । आ.व. २०८०/०८१ को जम्मा वार्षिक बजेट ५ अर्ब ४५ करोड ५७ लाख १० हजार ४ सय ८० रुपैँया रहेको छ । यो संघका २० कार्यालयहरू, प्रदेशका १० कार्यालयरू र ७ स्थानीय तहहरूको बजेट हो । यसमा चालु र पूँजीगत दुबै शिर्षकको बजेट समावेश भएको छ ।

यसमा प्रदेशतर्फको १ अर्ब ९७ करोड ७५ लाख ७२ हजार ९ सय रुपैँया रहेको छ भने संघ तर्फको ३ अर्ब ४७ करोड ८१ लख ४७ हजार ५ सय ८० रुपैँया देखिन्छ ।

माथिका तीन तहमा आएको बजेटमध्ये आ.व. २०८०/०८१मा ४ अर्ब ५९ करोड २२ लाख ९८ हजार १४ रुपैँया पैंशा ८० खर्च भएको छ । यसमा प्रदेशतर्फको १ अर्ब ४० करोड ७८ लाअ ३९ हजार ६ सय ९९ रुपैँया पैंशा १७ खर्च भएको छ भने संघतर्फको ३ अर्ब १८ करोड ४४ लाख ५८ हजार ३ सय १५ रुपैँया पैशा १० खर्च भएको छ ।

आ.व.२०८०/०८१ को हुम्लाको चालुतर्फको संघ र प्रदेश दुबैको जम्मा बजेट ३ अर्ब ६५ करोड ११ लाख ९९ हजार ५ सय ४३ रुपैँया रहेको देखिन्छ । जसमा प्रदेशर्फको ७२ करोड ८९ लाख २६ हजार ९ सय रहेको छ भने संघतर्फको २ अर्ब ९२ करोड २२ लाख ७२ हजार ६ सय ४३ रुपैँया रहेकाे देखिन्छ ।

आ.व.२०८०/०८१को हुम्ला जिल्लामा प्राप्त बजेटमध्ये पूँजीगत शिर्षक अन्तर्गत जम्मा १ अर्ब ८० करोड ४५ लाख २० हजार ९ सय ३७ रुपैँया रहेको छ । यसमा प्रदेश  तर्फ १ अर्ब २४ करोड ८६ लाख ४६ हजार रहेको छ भने संघतर्फको ५५ करोड ५८ लाख ७४ हजार ९ सय ३७ रुपैँया रहेको आधिकारी तथ्यांक कोलेनिका हुम्ला र प्रदेश लेखा इकाई कार्यालय, हुम्लाबाट जानकारी प्राप्त भएको छ ।

आ.व.२०८०/०८१को चालु तथा पूँजीगत दुबै शिर्षकको जम्मा बजेटमध्ये ८६ करोड ३४ लाख २२ हजार ४ सय ६४ रुपैँया पैशा ७३ बाँकी अर्थात्  फिर्ता भएको छ । यसमा प्रदेशतर्फ ५६ करोड ९७ लाख २३ हजार २ सय रुपैँयाँ पैशा ८३ रहेको छ भने संघतर्फ २९ करोड ३६ लाख ८९ हजार २ सय ६४ रुपैँया, पैशा ९० बाँकी अर्थात फिर्ता गएको छ ।

यति धेरै रकम खर्च भए पनि नमुना  योग्य काम हुन सकेको छैन । जिल्लामा वर्षेनी पूँजीगत र चालु शिर्षकको विभिन्नप्रकारका बजेटहरु खर्च हुने भए पनि यसलाई प्रभावकारी नियमन गर्ने निकाय नै छैन । यसैले पनि तँ रोए जस्तो गर्नु म हाने जस्तो गर्छु भन्ने वृति र प्रवृतिले विकास खाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal