आज :

पाथिभरामा केबलकार निर्माणको विरोधमा पूर्वका ९ जिल्ला दुई दिन बन्द

  • अनलाइन डबली

काठमाडौँ । पाथिभरामा केबलकार निर्माणको विरोधमा पूर्वका ९ जिल्ला दुई दिन बन्द आह्वान गरिएको छ । पहिचान पक्षधरले आह्वान गरेको बन्दको पहिलो दिन पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग बन्द छन् । लामो दूरीका सवारी साधान चलेका छैनन् ।

मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले प्राकृतिक सम्पदामाथि माफियाको राज रोक्न भन्दै आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको हो ।

बन्दकर्ताहरुले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् । बन्दका कारण झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथरको जनजीवन प्रभावित भएको छ ।

केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीयमाथि बलुडाँडामा प्रहरीले दमन गर्दा २६ जना घाइते भएका थिए । जसमा २१ जना प्रहरी रहेका छन् । स्थानीयमाथि प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal