काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले खेलमा पनि बलमिच्याई गरेको भन्दै चौतर्फि विरोध भएको छ । बिहिबार विभिन्न राजनीतिक दल र विद्यालयहरुले विज्ञप्ति जारी गरेर मेयर चलाउनेप्रति आक्रोष व्यक्त गरेका हुन् ।
गत माघ ६ गतेबाट नगरपालिकामा सुरु भएको १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विवादकाबीच हिजो ९ गते सम्पन्न भएको थियो । खेलको अन्तिम दिन ८ सय मिटरको छात्र दौडमा दुई विद्यालयलाई प्रथम स्वर्ण पदक जोडीएपछि विवाद चुलिएको छ । एउटै खेलमा दुईजना कसरी प्रथम हुन्छन्, भन्ने व्यापक प्रश्न र विवादकाबीच मेयरको निर्देशनमा खेलमा पनि राजनीति भएको भन्दै सर्बत्र आक्रोष बढेको छ ।
सो दौडमा महेन्द्र माविबाट सहभागि विद्यार्थी प्रथम भएका थिए भने विद्यामन्दिरबाट द्वितिय, तर सोही द्वितिय भएका खेलाडीलाई मेयर चलाउनेको निर्देशनमा प्रथम घोषणा गरिएको छ । यस विषयमा धनवन्तरी माविका प्रध्यानाध्यापक अक्कल बहादुर रावलसँग जानकारी लिदा उनले आफ्नो विद्यालयलाई प्रथम हुनबाट रोक्न गरिएको षड्यन्त्र भएको बताए ।
विवाद आएपछि आफूरुले सो नियम विपरितको कार्यलाई वैधानिकता नदिन भनेको तर मेयर चलाउनेले बलमिच्याँई गरिसकेपछि माफिसमेत मागेको जानकारी दिएका छन् । सो कार्यको स्थानीय बुद्धिजीवी, शिक्षक, राजनीतिक दलहरुले विरोध गरेर सो नतिजालाई सच्याउन माग गरेका छन् ।